एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन

काठमाडौं, २८ फागनु । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उनको हृदयघातका कारण निधिन भएको पोखराको मणिपाल शिक्षण अस्पतालले जनाएको छ ।
उालाई मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले पुष्टि गरे । अस्पताल स्रोतले पनि थापाको निधन भएको जानकारी दिएको छ ।

उनले कास्की कमिटीले आज चुनावी समीक्षा बैठक डाकेको थियो र थापा बैठकमै ढलेका थिए । उनी २०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थिए ।२०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य थिए भने २०७९ मा उनी पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए ।

यसपटकको चुनावमा पनि थापाले नै टिकट प्राप्त गरेका थिए । तर, पछि त्यही टिकट रश्मी आचार्यलाई दिइएको थियो ।

कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष थापा जेनजी आन्दोलनपछिकोएमालेको महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेका थिए । उनको निधनमा एमालेले गहिरो दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्