सुन र चाँदी दुवैको मूल्य बढ्यो

काठमाडौं, २६ फागुन । मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले र चाँदी तोलामा ३१० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३१० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदी तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्