केही ठाउँमा भने चट्याङ्सहित हल्का वर्षा र हिमपात सम्भावना
काठमाडौं, २६ फागुन। देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हरको छ । आज देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार केही ठाउँमा भने चट्याङ्सहित हल्का वर्षा र हिमपात पनि हुनेछ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू(भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू(भाग तथा लुम्बिनी प्रदेशको तराई भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि केही ठाउँमा हल्का वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो पनि बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू(भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू(भाग तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्