१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कसको कति ?
काठमाडौं, २६ फागुन। फागुन २१ मा सम्पनन भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको प्रत्यक्ष तर्फको परिणाम आईसकेको छ । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ ।
सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति सार्वजनिक भएको हो । जसमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपां) का मिङ्मा शेर्पालाई पराजित गरे ।
उम्मेदवारी खारेजपछि विवादित बनेको धनुषा(१ मा आयोगले नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र दिएको छ । उम्मेदवारी खारेज भएपछि रास्वपाका उम्मेदवार अदालत गएका छन् ।
प्रत्यक्ष तर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ ।
म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन निर्वाचित भएका छन्।
२७५ जना प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते देशभरी मतदान भएको थियो । समानुपातिक तर्फको एक करोड मत गणना भइसकेको छ । समानुपातिकमा पनि रास्वपाले झण्डै आधा मत प्राप्त गर्ने देखिएको छ ।
रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले तीन प्रतिशत थ्रेसहोल्ड पूरा गरेका छन् । यी ६ वटा पार्टीमा राष्ट्रिय पार्टी बन्ने भएको छ ।














प्रतिक्रिया दिनुहोस्