डडेलधुरामा डा. ताराप्रसाद जोशी विजयी
काठमाडौं, २३ फागुन । डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन् ।
जोशीले १९ हजार १३१ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मानसिंह मालले ६ हजार ८३४ मत प्राप्त गर्दा नेकपा एमालेका चक्र स्नेहीले ३ हजार २६ मत प्राप्त गरे ।














प्रतिक्रिया दिनुहोस्