बालेन्द्र साह झापा ५ मा विजयी, अध्यक्ष ओलीको लजास्पद हार
काठमाडौं, २३ फागुन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह झापा ५ मा विजयी बनेका छन् । ओलीको विरासत भत्काउने क्रममा उनले अहिलेसम्मकै सर्वाधिक मत प्राप्त गरे ।
ओलीले संसदीय चुनावमा पराजय खेपेको यो दोस्रोपटक हो । योभन्दा अघि झापाका विभिन्न क्षेत्रबाट उनले ६ पटक जित हासिल गरेका थिए । २०६४ सालको संविधान सभा चुनावमा माओवादी लहरको शिकार बनेर उनले झापा ७ बाट पराजय व्यहोर्नु परेको थियो ।
२०७९ सालको चुनावमा ओलीले देशभरमै सर्वाधिक मत पाएर जितेका थिए । यसपटक भने ठीक उल्टो भएको छ । प्रतिस्पर्धी रास्वपाका उम्मेदवार बालेनले देशभरमै सर्वाधिक मत ल्याएर ओलीलाई हराएका छन् ।
झापामा १ लाख ६ हजार ३७२ मत खसेकोमा बालेन्द्र साहलाई ६८ हजार ३४८ र ओलीलाई १८ हजार ७३४ मतमा रोकिए ।
उनीहरुबीच ४९ हजार ६ सय १४ मतको अन्तर छ । बालेनले ल्याएको मत अहिलेसम्मको सर्वाधिक हो भने मतान्तर दोस्रो धेरै हो । यसअघि रुपन्देही ३ बाट लेखजंग थापाले ५० हजार मतान्तरले जितेका थिए । यस क्षेत्रमा अन्य सबै उम्मेदवारहरुको जमानत जफत भएको छ ।














प्रतिक्रिया दिनुहोस्