कांग्रेसका नेता भरतबहादुर स्वाँरसँग ५२६ मतले रावल रावल पराजित
काठमाडौं, २३ फागुन । फागुन २१ मा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन मतपरिणाम आउने क्रमजारी छ । यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल अछाम-१ बाट पराजित भएका छन् । उनी नेपाली कांग्रेसका नेता भरतबहादुर स्वाँरसँग ५२६ मतले पराजित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रावलले १० हजार २३३ मत पाएका छन् ।
अछाम(१ मा नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउद सात हजार ३८९ मत ल्याएर तेस्रो भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले एक हजार ७३९ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्रबहादुर शाहको पक्षमा १०२ मत खसेको छ ।














प्रतिक्रिया दिनुहोस्