स्वतन्त्र उमेदवार महावीर पुन दोब्बर मतान्तरसहित अग्रता

काठमाडौं, २२ फागुन । म्याग्दीका स्वतन्त्र उमेदवार महावीर पुन दुई वटा स्थानीय तहको मतगणना सकिँदासम्म दोब्बर मतान्तरसहित अग्रता लिएका छन् ।

निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा पुनले तीन हजार चार सय ३७ बढी मत पाएका छन् ।

धवलागिरी र मालिका गाउँपालिकाको ११ हजार २ सय १ मत गणना गर्दा पुनले पाँच हजार ५ सय ८ मत पाएको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिए ।

नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले दुई हजार ७१, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले एक हजार छ सय ५६, नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी ९के।बी।०ले एक हजार चार सय ९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले तीन सय २० मत पाएका छन् ।

मंगला गाउँपालिकाको मतगणना शुरु भएको छ । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो । ६ वटा स्थानीय तह रहेको म्याग्दीका ४५ मध्य १४ वटा वडाको मतगणना सकिएको छ ।

३च्भकगतिध्ष्त

प्रतिक्रिया दिनुहोस्