सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि, गगन कुमार थापा १ हजार १३३ को मतान्तर
काठमाडौं, २२ फागुन। फागुन २१ गते सम्पन्न भएको निर्नाचनको मत गणना सुरु भएको छ । सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले आफ्नो मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो अपडेट अनुसार, रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले २८४७ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले १ हजार ७१४ मत प्राप्त गरेका छन् ।
उनीहरूबीच १ हजार १३३ को मतान्तर छ । तेस्रोमा नेकपा एमालेका उम्मेदवार अमनिश यादव छन् । उनले ४१० मत प्राप्त गरेका छन् भने चौथोमा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले १२८ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।














प्रतिक्रिया दिनुहोस्