इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङको अग्रता
काठमाडौं, २२ फागुन। फागुन २१ गते सम्पन्न भएको निर्नाचनको मत गणना सुरु भएको छ । यस्तै इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । सुहाङले ४९१ मत पाउँदा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले ४४३ मत पाएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० र रास्वपा उम्मेदवार गोकुल राईले १७१ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओम गुरुङले ५१ मत पाएका छन् ।














प्रतिक्रिया दिनुहोस्