अमेरिका र इजरायलको इरान आक्रमणले विश्व भूराजनीति र अर्थतन्त्रमा ठूलो हलचल, विश्वव्यापी ऊर्जा संकट ल्याउने संकेट

काठमाडा्रैं, २० फागुन। अमेरिका र इजरायल इरान आक्रमणले विश्व भूराजनीति र अर्थतन्त्रमा ठूलो हलचल मच्चिएको छ ।

अमेरीकाले २८ फेब्रुअरीमा माथि गरेको संयुक्त सैन्य कारबाहीपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको र इरानका आणविक भट्टीहरूमा गम्भीर क्षति पुगेसँगै मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ ।

घटनाको ४८ घण्टा नबित्दै यसको प्रत्यक्ष असर विश्वव्यापी ऊर्जा बजारमा प्रभाव देखिन थालेको छ, जसले नेपाल र भारतजस्ता तेल आयातमा निर्भर देशहरूको अर्थतन्त्र संकट ल्याउने संकेत गरेको छ ।

युद्ध सुरु भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा अप्रत्याशित वृद्धि देखिएको छ । केही दिनअघिसम्म प्रतिब्यारेल ७२ अमेरिकी डलर हाराहारी रहेको ब्रेन्ट क्रुडको मूल्य ह्वात्तै बढेर ८४ डलर बिन्दु नजिक पुगेको छ भने अमेरिकी डब्लूटीआई क्रूड पनि ७७ डलर नाघेको छ ।

बीबीसीका अनुसार एक इरानी अधिकारीले ‘स्ट्रेट अफ हर्मुज’ मा देखिने जुनसुकै पानीजहाजमा पनि ‘आगो लगाइदिने’ धम्की दिएका छन् । स्ट्रेट अफ हर्मुज पेट्रोलियम पदार्थ ढुवानीमा प्रयोग गरिने एउटा महत्त्वपूर्ण मार्ग हो ।

विश्वको २० प्रतिशत तेल आपूर्ति हुने प्रमुख मार्ग स्ट्रेट अफ हर्मुजमा अवरोध सिर्जना भए तेलको मूल्यले १ सय डलर आँकडा पार गर्ने र विश्वव्यापी आपूर्ति शृङ्खला नै ध्वस्त हुन सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।

युद्ध क्षेत्रबाट गुज्रने जहाजहरूको बीमा शुल्क आकासिएकाले अब तेलमात्र होइन, समुद्री मार्गबाट हुने सम्पूर्ण आयात–निर्यात महँगो पर्ने निश्चित जस्तै भएको छ ।

मध्यपूर्वमा बढ्दो तनावबीच आफ्नो ऊर्जा केन्द्रमा भएको ड्रोन हमलापछि विश्वको दोस्रो ठूलो तरल प्राकृतिक ग्यास ९एलएनजी० निर्यातक देश कतारले उत्पादन रोकेको छ । जसले युरोप र एसियामा ग्यास मूल्यमा एकैदिन ५० प्रतिशतसम्मको ऐतिहासिक वृद्धि गराएको छ ।

सरकारी स्वामित्वको कम्पनी कतार इनर्जीले विज्ञप्ति जारी गर्दै रास लफान र मेसाइद औद्योगिक सहरमा रहेका आफ्ना उत्पादन केन्द्रहरूमा भएको सैन्य हमलाका कारण एलएनजी र अन्य सम्बन्धित उत्पादन अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ ।

विश्वको करिब २० प्रतिशत एलएनजी आपूर्ति गर्ने कतारको यो कदमले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा गम्भीर संकट निम्त्याएको छ ।

भारत हुँदै नेपालमा पर्ने ‘दोहोरो मार’

विश्वको तेस्रो ठूलो तेल आयातकर्ता राष्ट्र भारतमा यसको गहिरो प्रभाव पर्ने देखिए पनि आम उपभोक्ताका लागि भने तत्कालै मूल्य बढाइएको छैन ।

यद्यपि, भारतले आफ्नो आवश्यकताको ८८ प्रतिशत तेल आयात गर्ने हुँदा विश्व बजारमा बढेको कच्चा तेलको मूल्यले भारतको व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा ठूलो चाप पार्ने छ ।

आफ्नो विशाल बजारको माग धान्न दैनिक ५५ देखि ५६ लाख ब्यारेल तेल खपत गर्ने भारतले मुख्यगरी रुस, इराक र साउदी अरबबाट कच्चा तेल भित्र्याउँछ । पछिल्लो समय भारतको कुल आयातमा रुसको हिस्सा मात्रै ३५ देखि ४० प्रतिशत पुगेको छ ।

भारत ‘मध्यपूर्वको पासो’ बाट पूर्णतस् मुक्त भइसकेको छैन । भारतले भित्र्याउने कुल कच्चा तेलमा मध्यपूर्व ९विशेषगरी इराक, साउदी अरब र यूएई० को हिस्सा अहिले पनि ४४ देखि ४६ प्रतिशत हाराहारी छ, जुन कुल आयातको झन्डै आधा हो ।

इरान–इजरायल युद्धको केन्द्रबिन्दु र इरानले बन्द गर्ने चेतावनी दिएको स्ट्रेट अफ हर्मुज नाका यही ४५ प्रतिशत तेल आउने मुख्य बाटो हो । रुसको आडमा भारत सुरक्षित देखिए पनि युद्ध चर्किएर मध्यपूर्वको आपूर्ति शृङ्खला टुट्दा भारतको आधा इन्धन रोकिने खतरा जीवितै छ ।

भारत केवल तेलको उपभोक्ता मात्र होइन, यो एसियाकै एक शक्तिशाली ‘तेल प्रशोधन केन्द्र’ पनि हो । जामनगरस्थित रिलायन्स जस्ता विश्वकै ठूला रिफाइनरीहरूको बलमा भारतले कच्चा तेल प्रशोधन गरी डिजेल, पेट्रोल र हवाई इन्धन विश्व बजारमा बेच्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्