यूएईमा मारिएका नेपाली २९ वर्षीय दिवस श्रेष्ठ भएको पुष्टि

काठमाडौं, २१ फागुन । इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स ०यूएई० मा मारिएका नेपालीको परिचय खुलेको छ ।

अबुधाबीस्थित नेपाली दूतावासले सोमबार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको यूएईको विदेश मन्त्रालयबाट जानकारी प्राप्त भएको खुलाएको छ ।

‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक श्री दिवस श्रेष्ठ ९वर्ष २९, घर गोरखा जिल्ला० को दुस्खद निधन भएको सम्बन्धमा यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,’ दूतावासले भनेको छ ।

दूतावासले श्रेष्ठको निधनप्रति गहिरो दुस्ख व्यक्त श्रद्धाञ्जली अर्पण गरेर शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

साथै, मृतकको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता पठाउने प्रक्रियामा आवश्यक सहजीकरण गरिने दूतावासले जनाएको छ ।

यस्तै संवेदनशील परिस्थितिमा अबुधाबी तथा यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन, सुरक्षित स्थानमा बस्न तथा स्थानीय प्रशासनले जारी गरेका सुरक्षा निर्देशिकाहरूको पूर्णपालना गर्न दूतावासले आग्रह गरेको छ ।

इरानमा अमेरिका र इजरायलले हमला गरेपछि इरानले आसपासका अन्य देशमा पनि ड्रोन तथा मिसाइल मार्फत हमला गरेको थियो ।

सोही हमलाका क्रममा शनिबार अबुधाबी विमानस्थलमा तीन जनाको मृत्यु भएको थियो । त्यो घटनामा एक नेपाली घाइते भएका थिए । उनको उपचारका क्रममा आइतबार मृत्यु भएको

प्रतिक्रिया दिनुहोस्