बलियो बन्दै काँग्रेस, कांग्रेस (बी.पी.) नेपाली कांग्रेसमा समाहित
काठमाडौं, १७ फागुन। नेपाली कांग्रेसबाट फुटेर बनेको नेपाली कांग्रेस (बीपी) मुलघर नेपाली कांग्रेसमा समाहित भएको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले बीपी कांग्रेस नेपाली कांग्रेसमा समाहित भएको बताए । काठमाडौं क्षेत्र नं ५ र ६ को संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले बीपी कांग्रेस नेपाली कांग्रेसमा समाहित भएको बताए । वीपी कांग्रेसका संयोजक सुशीलमान शेरचन र वरिष्ठ नेता कर्ण मल्लसँग सहमति गरेर पार्टीलाई समाहित गरेका हुन् ।
कांग्रेसको विशेष महाधिवेशनपछि गगनको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि बीपी कांग्रेस नेपाली कांग्रेसमा समाहित हुन छलफल अघि बढेको थियो । सोही अनुसार निर्वाचनको मुखमा बीपी कांग्रेस मुल घरमा समाहित भएको भन्दै सभापति थापाले स्वागत गरे ।
परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त निर्णय गरिएको जनाइएको छ।
नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत “बदलियो कांग्रेस, बदल्छौ देश” भन्ने संकल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको सहमति पत्रमा उल्लेख छ।
नेपाली कांग्रेस ९बी।पी।० ले नेपाली कांग्रेसको आदर्श, मूल्य, मान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।
समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्थाहरू नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम संगठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने जनाइएको छ।
नेपाली कांग्रेस बीपी समाहित भएपछि नेपाली कांग्रेस थप सशक्त र बलियो भएको कांग्रेसका नेताहरूले बताएका छन्। यसले पार्टीलाई अझ मझबुत बनाउने छ ।














प्रतिक्रिया दिनुहोस्