धादिङ्ग क्षेत्र नं.२ मा रमेश धमलालाई नै किन जीताउने ?
काठमाडौं । रमेश प्रसाद धमला यतिखेर धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवारका रुपमा जनताको घर दैलोमा पुगी विकासको एजेन्डासहित चुनावी मैदानमा छन् । पर्यटन व्यवसायका रुपमा पहिचान बनाएका र राजनीतिमा चार दशक लामो संघर्ष गरेका अनुभवी नेता धमला धादिङको समग्र विकासमा दूरदृष्टिसहितको ‘भिजनरी’ नेतृत्वका रूपमा परिचित छन् ।
धादिङ्गको माटो र जनतासँग परिचित धमलाले स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म निरन्तर सक्रियरही विकास र संस्थागत सुदृढीकरणमा जोड दिंदै आएका छन् ।
जिल्ला र केन्द्रीय तह दुबैमा नेतृत्वको अनुभव भएका नेता भएकाले यस पटकको उनी सबै जनाताको रोजाईमा परेका छन् । यो उनको लागि निकै अनुकुल मानिन्छ । भने धादिङ्ग काँग्रेस एक ढिक्का हुनु र सबै नेता कार्यकर्ताहरु जनताको घर दैलोमा सँगै पुग्नु अर्काे सफलता हो । यसले सबै नेता तथा कार्यकर्ता अत्साहित भएका छन् । धमलाको मिलनसार स्वभाव र हसजताले पनि निकै प्रभाव पारको छ । मततादाले उनलाई निकै चासोकासाथ हेरिरहेका छन् । यति प्रखर नेतालाई धादिङ्गको नेतृत्व गर्दै प्रतिनिधि सभामा देख्न उत्साहित पनि छन् ।
“चार दशक लामो राजनीतिक अनुभव र संगठनात्मक क्षमता’
पर्यटन, समाजसेवा र स्थानीय विकासमा व्यावहारिक योगदान”
भरखरै विशेष महाधिवेशन भएकाले पार्टीमा केहि प्रतिकूलता भएता पनि त्यो समाप्त हुँदै गएको छ । उनले ठूला दल र स्थापित उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने चुनौति भएकाले अन्य उम्मेदवारलाई कम आँकलन गर्न भने हुँदैन ।
२०२३ असोज १५ गते स्व.सूर्यप्रसाद धमला र खिलादेवी धमलाको कोखबाट जन्मिएका रमेश प्रसाद धमला हाल नीलकण्ठ नगरपालिका १३ का स्थायी बासिन्दा हुन् ।
२०३७ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनले शिक्षक संघ धादिङको संस्थापक सदस्यको भूमिकासमेत निर्वाह गरेका छन् । २०५४ सालको स्थानीय निर्वाचनमा साविक साङ्कोष गा.वि.स.को वडाध्यक्षमा निर्वाचित भएपछि उनी स्थानीय नेतृत्वमा काम गर्दै स्थापित भएका हुन् ।
‘राजनीति सेवा हो, जसका लागि आर्थिक आत्मनिर्भरता आवश्यक छ’ भन्ने मान्यतासहित उनले राजनीति र पर्यटन व्यवसायलाई परिपूरकका रूपमा अघि बढाइरहेका छन् ।
२०७० सालमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष निर्वाचित हुँदा उनले पर्यटन क्षेत्रमा नीतिगत सुधार र श्रमिक अधिकारका पक्षमा प्रभावकारी भूमिका मात्रै खेलेनन् सिंगो पर्याटन व्यवसायलाई उद्योगको रुपमा स्थापित गर्न सफल भए । त्यस क्रममा पर्यटन बोर्डमा देखिएको शृंखलाबद्ध भ्रष्टाचारविरुद्ध ५७ दिनसम्म चलेको आन्दोलन, अनसन र विरोध कार्यक्रमको नेतृत्व गर्दै उनले पर्यटन व्यवसायी र श्रमिकको आवाज बुलन्द गरे । व्यवसायिक अधिकारको लागि लड्ने र भिड्ने निडर नेता भएकाले उनलाई पर्यटन क्षेत्रको हस्तीको रुपमा लिने गरिन्छ ।

धमला अनाथ तथा गरिब बालबालिकाको पालनपोषण र शिक्षाका लागि स्थापित ‘बाल भविष्य संगठन’ का संस्थापक समेत हुन् । साथै, लोकतान्त्रिक गैरसरकारी संस्था फेडेनका केन्द्रीय अध्यक्षसमेत भइसकेका छन् । राजनीतिशास्त्रमा स्नातक गरेका धमलालाई सिद्धान्त र व्यवहारलाई सन्तुलनमा राख्न सक्ने नेता मानिन्छ ।
नेपाली कांग्रेसको नवौँ महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधि रहँदै आएका धमला पार्टीको विदेश विभाग सदस्य (२०६२ साल), धादिङ जिल्ला सभापति (२०७२ साल) हुँदै हाल केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । जिल्ला नेतृत्वदेखि केन्द्रीय नीति निर्माणसम्म उनले सधैं सहमति, सहकार्य र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आएका छन् ।
धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट रमेश प्रसाद धमला, नेकपा एमालेबाट धन बहादुर घले, नेपाली कम्युनिष्ट पार्टीबाट राम बहादुर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बोधनाराण श्रेष्ठलगायत २४ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । यस क्षेत्रमा १ लाख ३८ हजार ५ सय ९४ मतदाता रहेका छन्















प्रतिक्रिया दिनुहोस्