इरान र इजरायल युद्धः ज्यान गुमाउने विद्यार्थीको संख्या ४०
काठमााडौं, १६ फागुन । इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ४० पुगेको छ ।
दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४० पुगेको हो । इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको छ ।
प्रारम्भमा अलजजिराले आक्रमणमा पाँच जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको थियो । त्यसपछि उक्त संख्यामा वृद्धि भएर मर्नेको संख्या २४ पुगेको थियो । इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिरहेका छन् । तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई पनि निशाना बनाइएको बताइएको छ ।
उक्त सैन्य अखडामाथि इरानी हमला भएपछि आकाशमा बाक्लो धुवाँ देखिएको छ। प्रशासनले नागरिकहरूलाई सुरक्षाकर्मीसँग पूर्ण सहयोग गर्न र जोखिमपूर्ण क्षेत्र खाली गर्न निर्देशन दिएको छ। खाडी क्षेत्रका अमेरिकी सैन्य ठेगानाहरू इरानको निशानामा परेपछि बहराइनमा त्रास फैलिएको छ। यसैबिच रुसले अमेरिका र
रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्थितिलाई राजनीतिक र कूटनीतिक बाटोमा फर्काउन माग गरेको छ। रुसले अमेरिका र इजरायलको यो कदमलाई गैरजिम्मेवार भन्दै अन्तर्राष्ट्रिय समुदायलाई यसको निष्पक्ष मूल्याङ्कन गर्न आग्रह गरेको छ। रुसले अन्तर्राष्ट्रिय कानुन र आपसी सम्मानका आधारमा शान्तिपूर्ण समाधान खोज्न आफू तयार रहेको समेत स्पष्ट पारेको छ।
विश्वका अन्य मुलुकहरूले पनि यो युद्धको चर्को विरोध गरेका छन्। नर्वेका विदेशमन्त्री एस्पेन बार्थले इजरायलको ुपूर्व(सतर्कताु ९प्रि(एम्प्टिभ० आक्रमणको
उनले यस्तो आक्रमणका लागि तत्कालै आसन्न खतरा हुनुपर्नेमा त्यस्तो नदेखिएको तर्क गरे। बेल्जियमले इरानी सरकारको छनोटको मूल्य त्यहाँका निर्दोष जनताले चुकाउनु परेकोमा दुःख व्यक्त गरेको छ भने पाकिस्तानले इरानमाथिको अनावश्यक आक्रमणको कडा निन्दा गर्दै तत्काल कूटनीतिक वार्तामा फर्कन आह्वान गरेको छ। एजेन्स














प्रतिक्रिया दिनुहोस्