इरानद्वारा अमेरिकन बेस क्यापमा आक्रमण
काठमााडौं, १६ फागुन । आबुधावीको अल दाफ्रामा रहेको अमेरिकन बेस क्यापमा इरानले आक्रमण सुरु गरेको छ।
आज शनिबार लगातार ड्रोन मिसाल प्रहार गरी आक्रमणको प्रयास गरेको हो । इरानले आक्रमण गरेको जनाएपनि यूएईले यसको स्वतन्त्र पुष्टि गरेको छैन ।
अमेरिकाले आज बिहान इरानका आणविक उत्पादन क्षेत्रमा आक्रमण सुरु गरेकाले त्यसको जवाफी कारबाही स्वरूप मध्यपूर्वका अमेरिकन बेस क्याम्पहरुमा आक्रमण सुरु गरेको हो ।
इरानको आक्रमणलाई यूएईले आकाशमै डिस्पोज गरिदिएको छ । आबुधावीका आकाशमा ठूलो धुवाँसहित मुस्लो र ठूलो विस्फोटको आवाज गुन्जिएको छ ।
आबुधावीमा आक्रमण भए पनि यहाँको अवस्था सामान्य छ। यस्तै विष्फोटनका आवाज र ड्रोन हमला कतार र बहराइनमा पनि जारी रहेका छन्। एजेन्सी














प्रतिक्रिया दिनुहोस्