तत्काल इजरायल र इरानको यात्रा नगर्न अपील
काठमााडौं, १६ फागुन । नेपाल सरकारले तत्काल इजरायल र इरानको यात्रा नगर्न अपील गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज ट्राभल एडभाइजरी जारी गर्दै इजरायल वा इरान यात्रा गर्ने योजना बनाइरहेका नेपाली नागरिकहरूलाई हालको अवस्था सामान्य नभएसम्म यात्रा स्थगित अपील गरेको हो ।
परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको बताएको छ । हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सावधानीका उपायहरू अपनाउन अनुरोध गरेको छ ।
इजरायल र इरानका सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरू कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू बसोबास गरिरहेको स्थानमा नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्।’
सम्बन्धित देशका आधिकारिक निकायबाट पूर्वअनुमति नलिई अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ । त्यस्तै
काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अभिवस्थित नेपाली राजदूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ ।
त्यस्तै अन्य मध्यपूर्वी देशहरूमा बसोबास तथा कार्यरत नेपाली नागरिकहरूले पनि सम्बन्धित देशका आधिकारिक निकायहरूले जारी गरेका सुरक्षा सुझावहरू पालना गर्दै पछिल्ला घटनाक्रमबारे नियमित जानकारी लिन मन्त्रालयले विशेष अपील गरेको छ ।














प्रतिक्रिया दिनुहोस्