हालसम्म ११ दलले मात्रै चुनाव केन्द्रित खाता खोले
काठमााडौं, १५ फागुन । फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आयोगले चुनाव केन्द्रित आर्थिक कारोबार गर्न छुट्टै बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई भनेको छ । निर्वाचन आचारसंहिताको प्रावधान अनुास रयस्तो खाता खोल्नु पर्ने हुन्छ । ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म ११ दलले मात्रै चुनाव केन्द्रित खाता खोलेका छ्न् ।
नखोल्नेलाई के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा भट्टराईले भने, ‘खाता खोल्ने क्रम जारी छ । कसैले साच्चै खर्च नगर्नेको हकमा केही भएन । अन्यथा बाहिरबाट खर्च गरेको पाइए निर्वाचन आयोगले आवश्यक निर्णय लिन्छ । ‘
अर्थात खाता नखोली खर्च गर्नेलाई कारबाही हुने भट्टराईको चेतावनी छ ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ६७ र समानुपातिक तर्फ ६३ दल चुनावमा सहभागी छन् । यसमध्ये ११ दलले मात्रै चुनाव केन्द्रित बैंक खाता खोलेका छन् । बाकी ५६ दलले छुट्टै बैंक खाता खोलेका छैनन् ।














प्रतिक्रिया दिनुहोस्