फेसियल हाउसले होलीको मौलिक विशेषता र महत्व झल्काउने फोटो सुट

काठमाडौं, १४ माघ। हाम्रो सस्कृति हाम्रो पहिचान अन्तर्गत फेसियल हाउसले आफ्ना विद्यार्थीहरूसँग होली पर्वको अवसरमा विशेष सांस्कृतिक फोटो सुट आयोजना गरेको छ। नेपाली कला, संस्कृति र मौलिक पहिचान जोगाउने उद्देश्यले कार्यक्रम गरिएको फेसियल हाउसकी प्रबन्धक सुष्मा महराले बताउनुभयो।

उहाँका अनुसार संस्कृति जोगाउनु हामी सबैको दायित्व हो। त्यसैले हरेक पर्वलाई उत्साह, सद्भाव र पहिचानसँग जोड्दै मनाउन यस्ता सिर्जनात्मक गतिविधि आवश्यक छन्। यही सोचअनुसार होलीको अवसरमा सबै जातजातिको भेषभूषालाई समेट्दै सांस्कृतिक फोटो सुट गरिएको हो।

फोटो सुटमा विशेषगरी नेवारी, क्षेत्री, थारु लगायत विभिन्न समुदायका परम्परागत पोसाकमा विद्यार्थीहरूले तस्बिर खिचाएका थिए। रङ्ग, पहिरन र भावनाको सुन्दर संयोजनले नेपाली समाजको विविधता, समावेशिता र एकतालाई सशक्त रूपमा प्रस्तुत गरेको देखिन्थ्यो।

महराले भन्नुभयो, “कला र संस्कृतिले नै हाम्रो पहिचान बनाउँछ र देशलाई चिनाउँछ। त्यसैले यसलाई जगेर्ना गर्नु हाम्रो साझा जिम्मेवारी हो।”

नेपालकै नम्बर एक ब्यूटी सैलुनका रूपमा परिचित फेसियल हाउस आपनो २८ वर्ष देखिको अनुभबका साथ काठमाडौँसँगै देशैभरिका साखा बाट सेवाग्राहीलाई उच्चस्तरीय, आधुनिक र विश्वासिलो सौन्दर्य सेवा प्रदान गर्दै आएको छ। ग्राहक सन्तुष्टि, प्रशिक्षित जनशक्ति र निरन्तर नवप्रवर्तनमार्फत फेसियल हाउसले नेपाली ब्युटी उद्योगमा उदाहरणीय पहिचान स्थापित गरेको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्