एमाले अध्यक्ष ओली आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँग भेटघाट

काठमाडौंm १३ फागुन । फागुन २१ गते हु्ने निर्वाचन प्रचार प्रसारका क्रममा आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँग भेटघाट गर्ने भएका छन् । बिहान दमक ९ को चिया दोकानमा ९ः३० बजे मतदाता भेटघाट कार्यक्रम राखिएको छ ।

पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज मुख्यरुपमा गौरीगञ्ज केन्द्रित हुनेछन् । गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलका मतदातालाई भेटघाट गर्दैछन् । कार्कीका अनुसार ११ बजे देखि सुरु हुने गौरीगञ्जको कार्यक्रम अपराह्न ५ बजे सकिनेछ । यसबीचमा उनले गौरीगञ्ज ५ को श्यामा टोली, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर, नयाँ बजारका मतदातासँग भेटघाट र अन्तरक्रिया गर्नेछन् । यस्तै बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीमा मतदाता भेटघाट कार्यक्रम रहेको छ ।

कार्कीका अनुसार गौरीगञ्ज ३ मा बगुवातेलकानी,ठेकीटोला र तेलकानी टोलहरुमा मतदातासँग भेटघाट राखिएको छ ।

यस अघि पनि सो क्षेत्रका मतदातासँग भेटघाट गरेका ओलीले आज पनि सो क्षेत्रका समस्या र मतदाताका गुनासा सुन्ने र समाधानका लागि प्रतिबद्धता जनाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्