कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा छिटपुट वर्षा

काठमााडौं, १३ फागुन । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

पछिल्लो चौबीस घन्टामा पूर्वदेखि सदूरपश्चिमसम्मका भूभागहरूमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाउको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुखुवासभाको नुम मापन केन्द्रमा ३७.४ मिलिमिटर वर्षा भएको छ। त्यस्तै ताप्लेजुङमा २९ मिलिमिटर, भोजपुरको दिङ्लामा १३.८, सिन्धुपाल्चोकको सेर्माथाङमा २९।२ मिलिमिटर, चौतारामा १७.२ मिलिमिटर, ललितपुरको गोदावरीमा १४.४ मिलिमिटर, नुवाकोटमा १३.२ मिलिमिटर, गोरखाको ताकुकोटमा १३ मिलिमिटर, पर्वतको कुश्मामा २०।६ मिलिमिटर, म्याग्दीको बेनीमा १० मिलिमिटर, रोल्पाको रूलबाङमा ३३.३ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो एक घन्टामा कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ।

बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू(भागका एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्