रास्वपा बागमती प्रदेश उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
काठमाडौं, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टी परित्यागसँगै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।मंगलबार उपसभापति हुमागाईँले रास्वपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेसका सभापति गगन थापाले स्वागत गरेका हुन्।
हुमागाईँले केही दिनअघि रास्वपा छाडेका थिए । हुमागाईंले ७ बुँदामा असन्तुष्टि पेस गर्दै राजीनामा दिएका थिए । उनले प्रतिनिधि सभा सदस्य उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाउँदै चाकडी गर्ने, खुसी पार्ने र वरिपरि घुम्नेलाई प्राथमिकता दिएको आरोप लगाएका छन् । यो प्रवितिको विरुद्ध आवज बुलन्न गर्दा पनि पार्टी नसिच्चएकाले आफ्ुले पार्टी नै परित्याग गर्न बाध्य भएको उनले बताए । उनले जेनजी आन्दोलन पछि काँग्रेसको देशभर आषा, भरोसा आएकाले पार्टी पैवेश गरेको बताए ।















प्रतिक्रिया दिनुहोस्