पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेस प्रवेश

काठमाडौं, ५ फागुन । नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उनी कांग्रेस प्रवेश गरेका हुन् ।

जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल र राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देवलाई फूलमाला तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।

पार्टी प्रवेशपछि नेता देवले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै विशेष महाधिवेशनको नवीन नीति आत्मसात् गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्