विश्वराज पाण्डे १० लाख घुस लिँदालिँदै रंगेहात पक्राउ

काठमाडौं, । वैदेशिक रोजागार विभागका महानिर्देशक विश्वराज पाण्डे १० लाख घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार अनुसन्धान दुरुपयोग आयोगको टोलीले चाबहिलस्थित आफ्नै निवासमा पक्राउ गरेको हो । उनको अवकाश मंसिर ४ गते हुँदैथियो ।

मंगलबार अख्तियारकै टोलीले विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई पनि घुसकै आरोपमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्