कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान, बागी उम्मेदवारी उम्मेदवार फिर्ता लिन दवाव

काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा गठन गरेको केन्द्रीय अनुशासन समितिको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकको मुख्य एजेण्डा पार्टीका तर्फबाट मुलुकभर बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने रहेको जानकारी दिए ।

दुलालका अनुसार देशभर कांग्रेसका ३ जनाले बागी उम्मेदवारी दिएका छन् । एक पटक अनुशासन समिति बैठक बसेर समय तोकेर आग्रह गर्ने त्यो समयमा उम्मेदवारी फिर्ता नगरे अर्को बैठक बसेर कारबाही गर्ने तयारी कांग्रेसको छ ।

कांग्रेसबाट बागी उम्मेदवारी दिनेमा कपिलवस्तु १ बाट आषिश शर्मासहित ३ जना रहेको दुलालले जानकारी दिए । समितिको सदस्यमा धना खतिवडा र सुवासकुमार पोखरेल छन् ।

प्रतिक्रिया दिनुहोस्