उच्च पहाडी र हिमाली स्थानहरूमा हल्का वर्षा र हिमपात

काठमाडौं, ४ फागुन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो चौबीस घन्टामा गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सुरकुहिरो रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहने महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्