भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै “उडेयो बादल” म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै युवावस्थाको प्रेम, भावना र हृदयस्पर्शी गीत “उडेयो बादल” सार्वजनिक भएको छ ।

स्वदेश फाउन्डेसन नेपालको प्रस्तुतिमा संचारकर्मी किशोर कुमार सेढाईको स्वरमा तयार भएको यस गीतको काठमाडौँमा शनिबार आयोजना भएको एक कार्यक्रम बिच सार्वजनिक भएको हो ।

नयाँपुस्ताका दर्शक तथा श्रोताको रुचिलाई केन्द्रित रहेको उक्त गीतको शब्द केवली सेढाईले कोर्नुभएको हो । गीतमा संगीत खेम राज मैनालीको र संगीत संयोजक जीवन राईले गर्नु भएको छ।

सो गीतको भिडियोलाई राज कुमार दर्जीले निर्देशन गरेका हुन ।भिडियोमा दर्जी संगै सुस्मिता कार्की,किसोर सेढाई,शिवहरि खनाल , ईस्वरा पाण्डेको अभिनय रहेको छ ।

गायक किसोर सेढाई अफिसियल युट्युबमार्फत मार्फत सार्वजनिक भएको यश गीतको छायांकन लक्ष्मण अधिकारी र कोरियोग्राफी बन्दना थापाले गरेकी हुन्।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्