कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्दै
काठमााडौं, १ माघ । नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ती जारी गरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका हुन्।
कांग्रेसले यसपालि घोषणापत्रलाई प्रतिज्ञापत्र भनेर सार्वजनिक गर्न लागेको छ। निर्वाचन आयोगले सबै दलहरूलाई फागुन ४ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न भनेको छ। कांग्रेस सभापति गगन थापाले यसपालि घोषणापत्र नभनी यसमा ५ वर्ष सरकार चलाउने योजनासहितक प्रतिज्ञापत्र हुने बताएका छन्।
पार्टीले समग्र क्षेत्रलाई सम्बोधन गर्ने गरी प्रतिज्ञा पत्र बनाउने क्रम अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले जनाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम गरी घोषणापत्र सार्वजनिक हुने प्रवक्ता चालिसेले जानकारी दिएका छन्।















प्रतिक्रिया दिनुहोस्