धादिङको थाक्रे गाउँपालिमा दुईवटा बस ठोक्किंदा ट्रिपर चालकको घटनास्थलमै मृत्यु
काठमाडौं, २५ माघ । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा दुईवटा बस ठोक्किएका छन् ।
दाङबाट काठमाडौ आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट रसुवागढी गइरहेको बागमती प्रदेश ०१–००६–ख ५२०८ नम्बरको डिलक्स बस एकआपसमा ठोकिँदा नजिकै चियापसलमा चिया पिइरहेका ट्रिपर चालकको घटनास्थलमै मृत्यु भएको हो । उनको परिचय खुल्न बाँकी छ ।
घटनामा ५१ वर्षीय राजु थापा गम्भीर घाइते छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
प्रहरी चौकी महादेव बेशी र इप्रका खानीखोलाको प्रहरी टोलीले बिहान ८ बजेबाट एकतर्फीरुपमा राजमार्गमा यातायात सञ्चालनमा ल्याएको छ । दुवै बसका चालक प्रहरीको नियन्त्रणमा छन् । तस्बिरः जिल्ला प्रहरी कार्यालय धादिङ
ण्















प्रतिक्रिया दिनुहोस्