घाँटीमा सुई रोपेर हत्या
काठमाडौ, २३ माघ । विराटनगर । झापाको भद्रपुर नगरपालिका-१० धनुषमोडमा घाँटीमा सुई रोपेर हत्या गरिएको छ । बिहीबार साँझ ६४ वर्षीय खेमराज ढकालको सिरिन्जले घोचेर हत्या गरिएको हो ।
सिरहा विष्णुपुर गाउँपालिका(१ बस्ने २६ वर्षीय दिनेशकुमार सिंहले ढकालको घरमा गएर सुईले घोचेर गम्भीर घाइते बनाएका थिए । तत्काल उपचारका लागि ओमसाई पाथिभरा अस्पताल, भद्रपुर लगिएका ढकालको उपचारको क्रममा मृत्यु भएको थियो ।
ढकालको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । दिनेशकुमार सिंहलाई सुइसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए ।
घटनाको अनुसन्धान भइरहेको भन्दै खड्काले कारण खुल्न बाँकी रहेको बताए ।















प्रतिक्रिया दिनुहोस्