धनुषाधाममा तेल ट्याङ्करको ठक्करबाट प्रहरी असईको मृत्यु
काठमाडौं,२२ माघ । धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जना प्रहरी असईको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बमका अनुसार बिहिबार साँझ करिब ६ः२० बजेको समयमा इटहरीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३७१८ नम्बरको तेल ट्याङ्करले सोही दिशातर्फ गइरहेका प्र २–०३–००१ प ८७२० र प्र २–०१–००३ प ९९९३ नम्बरका दुईवटा मोटरसाइकललाई ठक्कर दिएकोे जानकारी दिएका छन् ।
दुर्घटनामा प्र २–०३–००१ प ८७२० नम्बरको मोटरसाइकल चालक, इ।प्र।का। चित्लाङ मकवानपुर दरबन्दी भई हाल इ।प्र।का। ढल्केवर धनुषामा लेखा प्रमुखका रूपमा कार्यरत प्रहरी असई देवानन्द फनैत गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि मोडल अस्पताल लालगढ धनुषा पठाइएकोमा चिकित्सकले जाँचका क्रममा साँझ करिब ७ः०० बजे मृत घोषणा गरेका हुन्। प्रहरी निरीक्षक फनैत कार्यालयको कामको सिलसिलामा इ।प्र।का। भरतपुर धनुषा गई कार्यालयतर्फ फर्किंदै गरेका थिए।
त्यस्तै, प्र २–०१–००३ प ९९९३ नम्बरको मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–९ निवासी करिब ४५ वर्षीय रामकिशोर महतो पनि गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि जनकपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै इ।प्र।का। यज्ञभूमि धनुषाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा संलग्न तेल ट्याङ्कर, दुवै मोटरसाइकल तथा ट्याङ्कर चालक सुनसरीको उर्लाबारी नगरपालिका–१ निवासी करिब ३६ वर्षीय दुर्गा माझीलाई इ।प्र।का। ढल्केवर धनुषाको नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।
ण्















प्रतिक्रिया दिनुहोस्