सिंहदरबार आगजनी गर्ने महेन्द्र गौतम पाँच महिनापछि पक्राउ

काठमाडौं,२२ माघ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार आगजनी गरेको भिडिओ आफैंले अपलोड गर्ने एकजना व्यक्तिलाई प्रहरीले ५ महिनापछि पक्राउ गरेको छ ।

सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै सगर्व बोलेका चितवनका महेन्द्र गौतमलाई सबै प्रमाणका आधारमा पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

पक्राउ परेका गौतम चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगरका बसोबास गर्छन् ।

उनले भिडिओमा भनेका छन्– ‘सिंहदरबारको गेट तोडेर भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौं ।’

उनीमाथि आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप समेत गराएको छ ।

ण्

प्रतिक्रिया दिनुहोस्