रौतहटमा रास्वपाका उम्मेदवारको गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक भने फरार
काठमाडौं,२२ माघ । रौतहटमा गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा अल्फा खातुन नाम गरेकी बालिका रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णुप्रसाद बस्यालले बताए ।
उनका अनुसार, घटना बिहीबार दिउँसो साढे २ बजे इशनाथ नगरपालिका–३ मठिया टोलको हो ।
रास्वपाको स्टिकर टाँसिएको बा १५ च ४२४४ नम्बरको कारले ती बालिकालाई ठक्कर दिएको थियो । त्यसपछि त्यही कारमा राखेर ती बालिकालाई गौरको सिटी अस्पतालमा लगिएको थियो ।
त्यहाँबाट प्रादेशिक अस्पतालमा लगिएको थियो । पौने ३ बजे प्रादेशिक अस्पतालमै ती बालिकाको मृत्यु भएको हो ।
बालिकालाई अस्पताल पुर्याएपछि चालक भने फरार छन् । उनको खोजी भइरहेको छ । गाडी भने प्रहरीले नियन्त्रणमा लिएको छ । सो गाडीमा रास्वपाका उम्मेदवार रहेको बझिएको छ । उनी समेत फरार रहेको छ ।















प्रतिक्रिया दिनुहोस्