बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण गर्दै सविताले यसरी मनाइन् जन्मदिन
काठमाडौं,२२ माघ । उद्यमी तथा समाजसेवी सबिता ढकालले आफ्नो जन्मदिनलाई समाजसेवासँग जोड्दै काठमाडौंको निःसहाय सेवा सदन ९ज्येष्ठ नागरिक आश्रम०, काठमाडौं शान्तिनगर पुगेर बृद्धबृद्धालाई खाद्यान्न, फलफुल र न्यानो कपडा वितरण गरेकी छिन् ।
जन्मदिनको अवसरमा बुधबार उनले ती सामग्री वितरण गरेकी हुन् । आश्रममा आयोजित कार्यक्रममा ढकालले खाद्यान्न, फलफूल र न्यानो कपडा वितरण गर्दै बृद्धबृद्धाहरूसँग भेटघाट पनि गरिन् । ज्येष्ठ नागरिक आश्रमका बृद्धबृद्धाहरूले ढकालको कार्यको प्रशंसा गर्दै धन्यवाद दिएका थिए । पामा ग्रुपकी कार्यकारी निर्देशक ढकाल लायन्स क्लब अफ सिद्धार्थ एभरग्रीनकी प्रथम उपाध्यक्षसमेत हुन् । उनी नियमित रूपमा ज्येष्ठ नागरिक सेवा, महिला सशक्तिकरण र विपन्न वर्गको उत्थानमा सक्रिय रहँदै आएकी छिन् । जन्मदिनमार्फत ढकालले समाजप्रतिको आफ्नो उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेकी छन् ।
उनी नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० का निवर्तमान अध्यक्ष शेषराज भट्टराईकी पत्नी हुन् । कार्यक्रमका क्रममा ढकालले भनिन्, ‘जन्मदिनको अवसरमा आफ्नै लागिमात्र होइन, समाजका आधारस्तम्भ ज्येष्ठ नागरिकहरूलाई माया र सम्मान दिन पाउँदा मेरो मन अत्यन्त आनन्दित भएको छ । उहाँहरू हाम्रो समाजका जीवित इतिहास हुनुहुन्छ र उहाँहरूको हेरचाह हाम्रो सामूहिक जिम्मेवारी हो ।’
यो पहलले महिला उद्यमशीलता, सामाजिक उत्तरदायित्व र ज्येष्ठ नागरिकको सम्मानको सन्देश प्रवाह गरेको छ ।















प्रतिक्रिया दिनुहोस्