एकै दिन तोलामा ९ हजार ५०० रुपैयाँको गिरावट,

काठमाडौं,२२ माघ । पर्सा । सुनमा निकै घटबढ हुने गरेको छ । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्यमा एकै दिन प्रतितोला ९ हजार ५०० रुपैयाँको गिरावट आएको हो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ तोकेको छ। यसअघि हिजो (बुधवार) सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

 

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी प्रतितोला ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको छ। बुधवार चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँमा बिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि त्यसको ठुलो असर देखिएको महासंघले जनाएको छ। यसले गर्दा खरिद कर्तालाइृ समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्