राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन
काठमाडौं, १९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा सम्बोधन गरेकी छिन् । उनले केहीबेरदेखि सभालाई सम्बोधन गरिरहेकी हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले आफूलाई परिस्थितिले यो ठाउँसम्म पुर्याएको बताइन् । पहिलोपटक संसद्लाई सम्बोधन गरेको बताउँदै उनले परिस्थितिले बाध्य भएर यो अवसर पाएको बताइन् ।
‘जीवनमा यस्तो मौका पनि आयो । परिस्थितिले ल्याएको हो । रहरले पनि होइन । मैले खोजेर गएको पनि होइन । परिस्थितिले बाध्य बनायो । म आएँ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘र अहिले यो जुन अवसर मैले यहाँ पाएँ, सायद जीवनमा फेरि पाउन कठिन छ होला । मैले पाउने आशा गरेको पनि छैन ।’
आज पहिलोपटक यस्तो अनुभव गर्न पाएकोमा खुसी लागेको उनले बताइन् ।
‘आज यसलाई जीवनमा एउटा राम्रो अनुभव, यस्तो मोड आएकोमा समयले साथ दिएर आएकाले खुसी लागेको छ । यो हेर्ने अवसर पनि पाएँ, बोल्ने मौका पनि पाएँ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।















प्रतिक्रिया दिनुहोस्