सुन र चाँदीको मुल्यमा आज पनि भारी गिरावट

काठमाडौ., १९ माघ । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको मुल्यमा भारी गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम छ ।

हिजो आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदी सोमबार तोलामा ३ सय रुपैयाँ घटेर ५ हजार २ सय रुपैयाँ कायम छ । यसले गर्दा निकै आकासिइको सुन र चाँदीको मुलयमा यो गिरावटले परिदकर्तालाई केहि राहत भएको छ ।

प्रतिक्रिया दिनुहोस्