आज यी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं, १९ माघ । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। जसले गर्दा पश्चिमी भू-भागमा बढि प्रभाज परेको छ । पछिल्लो चौबीस घन्टामा मुलुकका विभिन्न भागमा छिटपुट वर्षा पनि भएको छ।

सोमबार दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशका हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू(भागमा आंशिक बादल लाग्ने पनि महाशाखाले जनाएको छ।

देशका हिमाली भू‍-भागका एक/दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
राति तराई भू-*भागका थोरै स्थानहरूमा हुस्सु रहने महाशाखाले जनाएको छ।

देशका हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल हुने पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू‍-भागका एक/दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्