बालेन शाहको चुनावी प्रचारमा ब्रेन ह्यामरेज भएका पत्रकार दिनेश सिटौलाको निधन
काठमाडौं, १८ माघ । पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ ।
उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।
ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले चिकित्सकले आज १२ः४५ बजे मृत घोषणा गरेका हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।
४३ वर्षीय सिटौला अविवाहित थिए । उनका पिता, एक दिदी र दुई दाजुभाइ छन् । चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत रहेका सिटौलाले नेपाली चलचित्रहरुको प्रमोसनमा काम गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला अछाम पुगेका थिए । उनी बालेन शाहको चुनावी प्रचारमा लागेका थिए ।















प्रतिक्रिया दिनुहोस्