२५ औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारे
काठमाढौं, १६ माघ । २५ औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार सम्पन्न भएको फाइनलमा एपीएफ क्लबलाई पेनाल्टीमा ६–५ अंकले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो।
निर्धारित समयको खेलमा आर्मी र एपिएफले ३८–३८ ण्बराबरुी अंकमा सकिएको थियो। त्योसँगै उपाधिको छिनोफानो अतिरिक्त समय थप गरि खेलिएको खेलमा प्राप्त समान ५ मिनेटमा आर्मीले ६ अंक जोड्दा एपीएफले भने ५ अंक मात्र जोड्न सक्यो। र आमी विजयी भएका हो ।
पहिलो हाफमा आर्मीले जम्मा एक अंकको अग्रता लिएको थियो। उक्त हाफ २२–२१ मा टुंगिएको थियो। तर, दोस्रो हाफ भने रोमाञ्चक रह्यो। एक समय ३६–३८ को स्थितिमा रहेको आर्मीले समय सकिन केही अगाडि मात्र आफ्नो रेइडमा दुई अंक जोड्दै खेल ‘टाइ’ गरेको थियो। त्यसपछि खेल पेनाल्टीमा धकेलिएको हो। पेनाल्टीमा पनि एक समय आर्मी र एपीएफ ४–४ को स्थितिमा थिए। तर, आर्मीले लगातार दुई अंक बटुल्दा एपीएफले भने एक अंक मात्र हात पार्न सफल भएको थियो ।
महिलातर्फ एपीएफकी रविना चौधरी उत्कृष्ट खेलाडी घोषित भइन्। पुरुषतर्फ भने आर्मीका गणेश पार्की उत्कृष्ट खेलाडी घोषित भए।
विजेता खेलाडीहरुmलाई गृहमन्त्री ओमप्रकाश अर्यालले ट्रफि तथा टोकन प्रमाणपत्र वितरण गरेका थिए । सो पुरस्कार वितरण समारोहालाई सम्बोधन गर्दै गृहमन्त्री आर्यालले कबड्डी लेख प्रत्येक घर टोल खेल्न सकिने खेल भएका यसको प्रबद्र्धन र विकासमा सबै पक्षको सहयोग रहेको बताए । राज्यले कबड्डी खेलाडी तथा खेलको विकास र प्रबद्र्धनको लागि सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
२५ औं पुरुष तथा २१ औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिता अखिल नेपाल कबड्डी संघले यहि मा १२ गतेदेखि १६ गते सम्मा आयोजना गरिएको हो । खेलमा सातै प्रदेशका खेलाडीहरु सहभागि भएका थिए ।

















प्रतिक्रिया दिनुहोस्