खगेन्द्र सुनारको विवाद लुम्बिनी प्रदेश सभामा प्रवेश, ३ वर्ष कैद हुनुपर्ने माग

काठमाडौं, १५ माघ । विवादस्पद अभिव्यक्ति दिएका बाँकेको क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका खगेन्द्र सुनारलाई कारबाी गर्न माग गरिएको छ । उनले गाइ–गोरुको मासु खान पाउनुपर्ने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै लुम्बिनी प्रदेश सभामा सांसदले नै कारबाहीको माग गरेको हो ।

प्रदेश सभा सदस्य अम्बिका काफ्ले बुधबार यस विषयमा गम्भीर ध्यानाकर्षण गर्दै यस्ता अभिव्यक्ति दिने जोसुकैलाई कानुनअनुसार ३ वर्ष कैद हुनुपर्ने माग गरेकी हुन् । दुई दिनअघि सार्वजनिक भिडियोमा सुनारले अरु जनावरजस्तै गाईगोरु खान चाहनेले पाउनुपर्ने बताएका थिए तर चौतर्फी विरोध भएपछि आफूले त्यसो आशयमा नभनेको भन्दै खण्डन गरेका छन् ।

प्रदेश सभाको बैठकमा सांसद काफ्ले सुनारको नाम नदिई बाँकेमा उम्मेदार नै बनेका व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिले सामाजिक र धार्मिक सद्भावमा गम्भीर असर परेको भन्दै कारबाही माग गरेकी हुन् ।

‘संविधानको धारा ४ मा धर्मनिरपेक्षता प्रष्ट उल्लेख छ, तर गाईगोरुको मासु खान पाउने विषय किन आयो रु सामाजिक र धार्मिक सद्भाव खलबलिने अभिव्यक्ति कोही कसैले दिन पाइदैँन, चाहे जुनसुकै दलको होस्, मुलकी अपराध संहिताले गाईगोरु मार्नकुट्न पाइदैन भनेर यसका लागि ३ वर्ष थुनिनुपर्छ भन्ने सजाय तोकेको छ, यस्ता गमभीर विषयले भोलि धार्मिक हिंसा भड्किए कसले जिम्मेवारी लिने रु सनातनीहरुले पुज्ने गाईगोरुमाथि किन यस्तो धारणा सार्वजनिक भयो रु यसको अभिव्यक्ति दिनेले जिम्मेवारीबोध हुनुपर्छ । कारबाही भोग्नुपर्दछ, म प्रदेश सभामार्फत सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्