बाक्लो हुस्सुकुहिरो, एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं, १५ माघ । देशभर पश्चिमी वायुको निम्न चापिय प्रभाव परेको छ । काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लामा आज बिहान बाक्लो हुस्सुकुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हुस्सु कुहिरोले पारदर्शिता (भिजिविलिटी) कम हुँदा हवाई उडानमा समेत प्रभाव परेको छ ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको छ । भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका विमानस्थलहरुमा आज बिहानका उडान डिले भएका छन् ।

विभागका अनुसार हिजो परेको पानीका कारण हुस्सुकुहिरो लागेको हो । वाष्पीकरणका बेला माथिल्लो वायुमण्डलको तापक्रम चिसो भएकाले पानीका साना साना कण तल धकेलिएर जमिनमै रोकिँदा हुस्सुकुहिरो लागेको हो । यो अवस्था दिउँसोदेखि क्रमशः हटेर जाने मौसमविदहरुले बताएका छन् ।

‘बिहानको समयमा हुस्सु कुहिरोको अवस्था आज र भोलि दुई दिनसम्म देखिने सम्भावना रहेको विभागले जनाएको छ ।
लागेको छ। बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार बिहीबार दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ।

मौसमविद् विनोद पोखरेलले आगामी सोमबारबाट पानी पार्ने अर्को पश्चिमी वायु भित्रने प्रक्षेपण गरेका छन्।

‘हिजो पश्चिमी वायुले आधाभन्दा धेरै नेपालमा हल्कादेखि मध्यम वर्षा गरायो। अब अर्को प्रणाली फेरि सोमबारदेखि आउँदै छ,’ उनले पूर्वानुमान गर्दै भनेका छन्।

अर्को प्रणालीले पनि यस्तै खालको वर्षा गराउने सम्भावना रहेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्