सुन ३ लाख १८ हजार ८०० रुपैयाँ पुग्यो

काठमाडौँ, १४ माघ । सुनको मूल्यले दिन दिनै नयाँ नयाँ किर्तीमान कामयम गर्दै आएको छआज पनि नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको पुगेको हो ।

महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । तर, बुधवार बढेर तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ ।

आज १० ग्राम सुनकै मूल्य तोलामा २ लाख ७३ हजार ३२० रुपैयाँ पुगेको छ ।

यसैबिच चाँदीको मूल्य समेत ७ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार आज कायम भएको सुन र चाँदीको मूल्य नै हालसम्मकै उच्च हो । यसले सुनको मुल्य उच्च भएकाले खरिद गर्नै सर्वसाधरणलार्इै समस्या परेको छ।

प्रतिक्रिया दिनुहोस्