राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौँ, १४ माघ । सङ्घीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय सभा अन्तर्गत विभिन्न कार्यक्रमहरू हुनेछन् । शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्ने कार्यसूचि छ ।

विशेष समयमा बोल्नका लागि सदस्यहरूलाई समय उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्