बारामा धारिलो हतियार प्रहार गरेर आमा–छोराको हत्या

काठमाडौँ÷जनकपुरधाम, १४ माघ । बारामा धारिलो हतियार प्रहार गरेर आमा–छोराको हत्या भएको छ । बुबासहित तीनजना घाइते भएका छन् ।

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीका ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवीको हत्या भएको हो । बुवा जगरुक मण्डल भने गम्भीर घाइते भएका छन् ।

एकजना हतियारधारी व्यक्ति घरभित्र पसेर अन्धाधुन्ध हतियार प्रहार गरेर ज्यान लिएको बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए । घटना आज बिहान करिब ३ बजेको हो । यसले गराभरिु सन्नहटा छाएको छ ।

घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।

‘हामी अहिले घटनास्थलमा आएर अनुसन्धान सरु गरेका छौं । एकजना मान्छे राति घरभित्र पसेर अन्धाधुन्ध हतियार प्रहार गरेको भन्ने कुरा आएको छ’, एसपी कुँवरले भने । प्रहरले सष्म रुपमा अनुसन्धान थालेको छ । घटनाको तासतविकता पत्ता लगाउन काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्