आज उच्च हिमाली जिल्लामा हिमपात सहित वर्षा भइरहेको, पहाडी जिल्ला पानी पर्ने, आइतबार भने सफा
काठमाडौँ, १४ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालका पहाडी र तराई भूभागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको बैभन्दा धेरै प्रभाव सुदूरपश्चिम प्रदेशमा छ । बादल क्रमशः पूर्वतिर सर्दै कोशी प्रदेशसम्मै पुगे संभावन रहेका तर प्रभाव भने कम हुँदै जाने विभागले जनाएको छ ।
विभागका अनुसार मंगलबार साँझदेखि नै सुदूरपश्चिमका जिल्लाहरुमा हल्का पानी पर्न सुरु गरेको थियो । रातिदेखि पानीको मात्रा र क्षेत्र दुवै बढेको थियो ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै डडेलधुरामा २९.६ मिलिमिटर वर्षा भएको छ । पछिल्लो एक घण्टा यता भने सुदूरपश्चिममा कम र कर्णाली र लुम्बिनी प्रदेशमा बढी पानी परिरहेको छ ।
विभागका वरिष्ठ मौसमविद बरुण पौडेलका अनुसार पानी पार्ने बादल छिटोछिटो पूर्वतिर सरिरहेको छ । यो बादलको प्रभावले पूर्वी पहाडी जिल्लाका भूभागसम्मै वर्षा गराउने पूर्वानुमान छ ।
काठमाडौं उपत्यकामा पनि आज दिउँसो हल्का पानी पर्ने पूर्वानुमान छ । वरिष्ठ मौसमविद पौडेलले भने, ‘काठमाडौंको हकमा मध्याह्नपछि पानी पर्ने सम्भावना छ । तर पानी सबैतिर एकनासको पर्दैन ।’ उनका अनुसार काठमाडौं उपत्यकामा आज घाम लाग्ने सम्भावना कम छ ।
उनका अनुसार मधेश र पूर्वी तराईका झापा लगायतका जिल्ला बाहेक प्राय बैतिर हल्का वर्षा हुने सम्भावना छ ।
पूर्वीपहाडी जिल्लामा पानी र हिमपात दुवैको सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए । ‘मनाङ, मुस्ताङसहित पूर्वी पहाडी जिल्लाका हिमाली भेगमा मध्यम खालको हिमपात हुनेछ’ उनले भने ।
साथै उनले आजै साँझबाट बादल हट्ने र मौसममा सुधार हुने जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्