पश्चिमी वायुको आंशिक प्रभाव, उच्च हिमाली क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमााडैं, १२ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ । तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सुरकुहिरो रहनेछ।
दिउँसो देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।















प्रतिक्रिया दिनुहोस्