सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको लागि निर्वाचन मतदान सुरू
। काठमाडौँ, ११ माघ । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरू भएको छ ।
एमाले प्रदेश सभा सदस्य धर्मराज पाठकले पहिलो मत हालेका छन् । सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान सुरु भएको हो ।
सुदूरपश्चिममा स्थानीय तहका १७३ र प्रदेश सभाका ५१ जना सांसद गरेर २२४ मतदाता छन् ।
आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका लागि आज सातै प्रदेशमा मतदान हुन लागेको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको हो ।
कोशी प्रदेशका खस आर्यतर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै लुम्बिनी प्रदेशमा पनि राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान जारी रहनेछ ।
राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट तीन पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । नेपाली कम्युनिष्ट पार्टीमा अन्य समूहतर्फ वृहस्पति अधिकारी , नेपाली कांग्रेसबाट चन्द्रबहादुर अधिकारी र राष्ट्रिय जनमोर्चाबाट बोमबहादर खत्री चुनावी मैदानमा उभिएका छन् ।
त्यस्तै महिला समूहतर्फ नेकपा एमालेबाट रामकुमारी झाँक्री र नेपाली कम्युुनिष्ट पार्टीबाट दुर्गाकुमारी भण्डारी र राष्ट्रिय जनमोर्चाबाट पद्यमा पण्डित चुनावी प्रतिस्पर्धामा छन् ।
त्यस्तै अपाङ्गता समूहतर्फ सर्जन बि।क। र बासुदेव घिमिरे रहेका छन् ।
प्रदेशसभा सदस्यतर्फ ८३ र स्थानीय तहका २१७ जनाले मतदान गर्दै छन् । ८७ प्रदेससभा सदस्यमध्ये नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्की, यसअघि नेपाली कम्युनिष्ट पार्टीमा रहेकी प्रगतीशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसी , नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य जितेका धर्मबहादुर चौधरी हाल उज्यालो पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।
कन्हैया बानियाँले पनि मतदान गर्न पाउने छैनन । प्रदेशसभा सदस्यबाट राजीनाम दिइसकेका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।















प्रतिक्रिया दिनुहोस्