उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात सहित वर्षाको सम्भावना
काठमाडौँ, ११ माघ । हाल नेपालमा पश्चिम वायूको न्यून चापिय प्रणालीको प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भएको छ।
दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू(भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू(भागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी तथा मध्य तराई भू-भागका थोरै स्थानहरूमा बिहानीपख हुस्सु लागेको छ। ।
आइतबार राति सुदूरपश्चिम प्रदेश लगायत पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ।
राति नै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक/दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्