पाँच जना उम्मेदवार विरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौं, ७ माघ । फागु २१ गते हुने प्रतिनिधि सभा सदस्यको लागि परेको मनोनयन दर्ताको क्रममा विभिन्न पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
निर्वाचन आयोग स्रोतका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका दुई जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरूद्ध उजुरी परेको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी विरुद्ध पनि उम्मेदवारी परेको छ । नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरीविरुद्ध उजुरी परेको छ ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालबिक्रम थापाविरुद्ध उजुरी परेको छ ।
निर्वाचन आयोगका अनुसार प्राप्त उजुरीउपर अध्ययन भइराखेको छ । आयोगले कुन उम्मेदवारविरुद्ध के विषयमा उजुरी परेको भनेर केही खुलाएको छैन । तर यसको वियमा भने अनुसन्धान भइृरहेको आयोगले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्